दुई घरमा चट्याङ पर्दा १३ घाइते, दुई जनाको अवस्था गम्भीर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई घरमा चट्याङ पर्दा १३ घाइते, दुई जनाको अवस्था गम्भीर


११ जेष्ठ २०७५, शुक्रबार


डडेल्धुरा । डडेल्धुराको पर्शुराम नगरपालिका क्षेत्रका दुई घरमा चट्याङ पर्दा १३ जना घाइते भएका छन् ।

बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ का आठजना र वडा नं ७ का पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पर्शुराम–६ का १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी, २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, ७० वर्षीया धौलीदेवी धामी र

पर्शुराम नगरपालिका–७ का १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट रहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

घाइते दुइ जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको जोगबुढा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस