जोखिमपूर्ण नारायणगढ मुग्लिन सडक,तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जोखिमपूर्ण नारायणगढ मुग्लिन सडक,तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते


१० जेष्ठ २०७५, बिहिबार


चितव । सडकखण्डमा सडक सहज बनेसँगै पछिल्ला तीन महिनामा दुर्घटनाको संख्या बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार फागुनमा ६, चैतमा आठ र वैशाखमा नौ वटा दुर्घटना भएका छन् ।  तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर पुष्कर रेग्मीका अनुसार सडक यात्राका क्रममा सुरक्षित यात्रा गर्न र सडक सुरक्षाका लागि आयोजनाले विभिन्न संरचना निर्माण गरिरहेको छ ।

दुर्घटना नहोस् भन्नका लागि कालोपत्र सडकमा दायाँ र बायाँ पहेलो रंग र बीचमा सेतो रंगले एज मार्किङ गरिँदैछ । जसबाट सवारी चालकले आफ्नो लाइनमा सवारी चलाउने र दुर्घटना कम हुने विश्वास गरिएको छ ।

सडकखण्डको हरेक मोड र व्यस्त क्षेत्रमा ट्राफिक साइनबोर्ड राखिनेछ । बाटोको अवस्था झल्काउने र सडकमा सुरक्षित यात्राका लागि दिने संकेत सहितको ट्राफिक साइनबोर्ड रहनेछन् । जसका कारण बाटोमा यात्रा गरिरहँदा सडकको अवस्थाका विषयमा जानकारी प्राप्त गर्न सकिनेछ ।

सडकखण्डमा पर्ने पुलमा संकेत दिनका लागि रम्बल स्टिप राखिनेछ । नारयाणगढदेखि मुग्लिनसम्म १८ वटा पुल रहेका छन् । सवारी चलाएर सडकमा यात्रा गरिरहँदा पुलको मुखैमा राखिएको रम्वल स्टिपमा सवारी गुड्दा पुल आएको संकेत मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस