कर नबुझाउनेलाई कारवाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर नबुझाउनेलाई कारवाही


१० जेष्ठ २०७५, बिहिबार


लहान । आन्तरिक राजस्व कार्यालयले कर नबुझाउने कारवाही गरेको छ । चालू आर्थिक वर्षमा १२ करदातालाई कारवाही गरेको कार्यालय प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यालयका अनुसार कर नबुझाउने ६ जनाको जग्गा रोक्का गरिएको छ भने बाँकीलाई ३८ लाख ८८ हजार रूपैयाँ जरिवाना तिराइएको छ ।

लक्ष्यभन्दा बढी राजस्व संकलन

कार्यालयले चालू आर्थिक वर्षको १० महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा एक अर्ब ३३ करोड ६३ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा एक अर्ब ४३ करोड ६० लाख ६१ हजार राजस्व संकलन भइसकेको कार्यालय प्रमुख अधिकारीले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षमा अन्तःशुल्कतर्फ ३८ करोड ५८ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म ४४ करोड २६ लाख ३० रूपैयाँ संकलन भएको छ ।
कार्यालयको सगरमाथा अञ्चलको ६ जिल्लामा कार्यक्षेत्र छ ।

प्रतिक्रिया दिनुहोस