नवलपुरमा बस दुर्घटना, ३२ जना घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवलपुरमा बस दुर्घटना, ३२ जना घाइते


१० जेष्ठ २०७५, बिहिबार


चितवन । नवलपुरको दुम्कीवास नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको कर्णाली यातायातको ना६ख ७४५६ नम्बरको बस दुम्कीवास नजिकै दुर्घटना भएको हो ।

घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक छ भने अन्यको अवस्था सामान्य छ । घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस