संसद्को अर्को बैठक बिहीबार बिहान १० बजे « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संसद्को अर्को बैठक बिहीबार बिहान १० बजे


९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राखेका थिए ।

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २३ सांसदले १६ भन्दा बढी विषयमा फरकफरक संशोधन प्रस्ताव प्रस्तुत गरे ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ १० गते बिहान १० बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस