मन्त्रीका स्वकीय सचिवद्वारा मन्त्रालयका सचिवमाथि हातपात प्रयास « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रीका स्वकीय सचिवद्वारा मन्त्रालयका सचिवमाथि हातपात प्रयास


९ जेष्ठ २०७५, बुधबार


सुर्खेत । कार्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिवले मन्त्रालयका सचिवमाथि हातपात प्रयास गरेका छन् । स्वकीय सचिव डम्वर बुढाले बुधबार सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेका हुन् ।

कार्यकक्षमै स्वकीय सचिव बुढा सहित जगत सिंह, हरिप्रसाद तिवारीलगायतको समुहले सचिवमाथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको र केही समय पछि तीनै जनालाई छोडिएको जानकारी दिएको छ ।

बैशाख १ गते कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट सुरु गरेको कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम माग्ने गरेका बताइएको छ । आफुले अनियमित रकम दिन नसक्ने बताए पछि आक्रमण गरिएको सचिव झाले बताए । उनीहरु मदिरा सेवन गरी कार्यालयमा प्रवेस गरेको र आफुमाथि आक्रमणको प्रयास गरेको सचिव झाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस