कालो हिरासहित आठ जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कालो हिरासहित आठ जना पक्राउ


९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । कालो हिरासहित  प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

महानगरिय प्रहरी वृत दरबारमार्गको टोलीले काठमाडौंको लैनचौरका रमेश रजकसहित आठ जनालाई पक्राउ गरेको हो । प्रहरीले अन्यको नाम खुलाएको छैन् ।

महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाका अनुसार २ थान ९३०.२४० को हिरा ३ करोडमा बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस