गोगो फाउण्डेशन अवार्ड कान्तिपुर दैनिकका सम्पादकलाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गोगो फाउण्डेशन अवार्ड कान्तिपुर दैनिकका सम्पादकलाई


९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड ’ बाट सम्माति गरिने भएको छ । कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको फाउण्डेसनका कार्यकारी निर्देशक केदार खडकाले जानकारी दिए ।

यसअघि डा. भगवान कोइराला र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सो पुरस्कारबाट सम्मानित गरिएको थियो ।

फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान गर्ने ‘पत्रकार’, ‘सार्वजनिक प्रशासक’ तथा ‘सामाजिक अभियन्ता’को पहिचान गरी त्यस्ता व्यक्तिलाई उत्प्रेरित गर्ने उद्देश्यले उक्त अवार्डको स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस