२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका निम्ति सुशासन अपरिहार्य छ : गृहमन्त्री थापा

अ+ अ-

सुर्खेत । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुक विकासका निम्ति सुशासन अपरिहार्य रहेको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरुसँगको भेटघाटमा यो कुरा बताउनु भएको हो । उनले भने, ‘मुलुकको अर्थतन्त्रमा प्रभाव पर्नेगरी विभिन्न क्षेत्रमा सिण्डिकेट (एकाधिकार) छ, सरकारले त्यसलाई तोड्ने अभियान बनाएको छ ।’

उनले थपे, ‘देशमा व्याप्त सबैखाले सिण्डिकेटको अन्त्य र सामाजिक अपराध नियन्त्रण नगरेसम्म मुलुकको विकास र समृद्धि असम्भव छ ।’ सुशासनका निम्ति विकास, स्थायित्व र दिगो शान्ति आवश्यक रहेको उनको भनाइ थियो ।

एक फरक प्रसंगमा गृहमन्त्री थापाले एमाले र माओवादी केन्द्रबीचको एकता नेपालको इतिहासमा एक असाधारण घटना भएको जनाउँदै यो घटनाबाट मुलुक नयाँ अध्यायमा प्रवेश गरेको विचार व्यक्त गरे । मुलुकभित्रका सबैखाले अपराधहरुको उन्मूलनबिना विकास सम्भव नरहेको भन्दै गाँजिएको गलत संस्कारको सरकारले निर्मूल गरेरै छोड्ने उनले जिकिर गरे ।

अहिले भ्रष्टहरुको हातमा देश परेको औँल्याउँदै उहाँले तस्करी, माफियातन्त्रको अन्त्य गर्नाका साथै समाजमा विद्यमान सबै प्रकारका सिण्डिकेट अन्त्य गर्ने अभियान चलाइएको बताए । उनले अगाडि भने, ‘अहिले भूमि, निर्माण क्षेत्रमा पनि एकाधिकार देखिन्छ, यसका लागि विभागीय मन्त्रालयले नियमन गर्नुपर्छ ।’

उनले लागुऔषध दुव्र्यसनीका क्षेत्रमा गुणात्मक वृद्धि भएको र तिनका कारोबारीहरुलाई निस्तेज गर्न कानूनको दायरामा ल्याउने वचन दिए । मदिरा नियन्त्रण, महिला हिंसा तथा विभिन्न अपराधजन्य कार्य नियन्त्रणका लागि सरकारले विभिन्न गतिविधि अघि सारेको उनले बताए ।

सुन तस्कर तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई समातेर गृह मन्त्रालयले आजै सार्वजनिक गरेको उनको भनाइ थियो । खासगरी, अतिवादी समूह, बिखण्डनको अभिव्यक्ति दिने सिके राउत, तराईतिरका केही भूमिगत समूह, जातीय, धार्मिक आवरणमा पनि यो देशमा अस्थिरता पैदा गर्ने, गैरराजनीति चरित्र देखाउने, भ्रष्ट, तस्कर, भूमि माफियाबाट सरकारलाई सुरक्षा चुनौती बढेको उहाँले प्रस्ट्याए । सांस्कृतिक क्षेत्रमा देखिएका विभिन्न व्यभिचार, समाजमा असर पु¥याउने विद्यमान सबैखाले सिण्डिकेट अन्त्यका लागि गृह मन्त्रालयले कानूनको कार्यान्वयन गर्नेमा उनको जोड थियो ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी सबै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले आ–आफ्नो जिल्लाको वास्तविक सुरक्षा अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । गोष्ठीमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, गृह सचिवहरु, यो प्रदेशका १० वटै जिल्लाका प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । रासस