घुस लिने अधिकृत र कार्यालय सहयोगी अख्तियारको फन्दामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुस लिने अधिकृत र कार्यालय सहयोगी अख्तियारको फन्दामा


८ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुका नापी अधिकृत भागवत साह र कार्यालय सहयोगी खेमराज भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार नापी अधिकृत शाहले गोकर्णेश्वर नपा–२ को जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग दुई लाख ५० लाख घुस मागेको अभियोगमा केही दिन पहिले पक्राउ गरिएको थियो ।

आयोगले बिगो असुल गरी गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस