शेयर बजार  घट्यो « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

शेयर बजार  घट्यो


८ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । शेयर बजार आज ४्३१ अंकले घटेर एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३ कित्ता शेयर ५३ करोड ८६ लाख नौ हजार ३८९ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर बढेको छ । होटल २.९३, उत्पादन ५.८५ र माइक्रोफाइनान्स समूहको शेयर ५.७५ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ४.१४, विकास बैंक ७.२, जलविद्युत् ३.९३, फाइनान्स १.५६, बीमा २४.४५ तथा अन्य समूह ५.३५ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस