अदुवा र बेसारको भण्डारगृह निर्माण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अदुवा र बेसारको भण्डारगृह निर्माण


८ जेष्ठ २०७५, मंगलबार


इनरुवा । सुनसरीको धरान उपमहानरपालिकामा अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण अघि बढाइएको छ ।

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण थालिएको हो । यसबाट अदुवा र बेसार निर्यातमा वृद्धि हुने व्यापारीको विश्वास छ ।

धरानस्थित कृषि उपज बजारस्थलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अदुवा–बेसार जोन कार्यान्वयन इकाइको सहयोगमा भण्डारगृह निर्माण भइरहेको जोन कार्यान्यवन इकाइका प्रमुख नीलकमल सिंहले जानकारी दिए । कूल ५० लाख ९९ हजारको लागतमा भण्डारगृह निर्माणका लागि कृषि उपज बजारस्थलको नौ लाख सात हजार स्थानीय लगानी रहेको कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

अहिले बजारबाट अदुवा र बेसार धुलाई, ग्रेडिङ र प्याकेजिङ नगरी सिधै भारतीय बजारमा पठाउने गरेका कारण भारतीय नाकामा गुणस्तरीय नभएको भन्दै समस्या भोग्नु परेको व्यापारीको गुनासो छ । बजारीकरण र गुणस्तरमा देखिएका समस्या समाधान गर्न तथा कारोवारमा समेत वृद्धि हुने उद्देश्यका साथ भण्डारगृह निर्माण गर्न लागेको कृषि उपज बजारस्थलका अध्यक्ष काजी गिरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस