मोटरसाइकल चोरी गर्ने पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल चोरी गर्ने पक्राउ


८ जेष्ठ २०७५, मंगलबार


राजविराज । राजविराज–७ स्थित हटियामा पार्किङ्ग गरी राखिएको मोटरसाइकल चोरी गर्ने दुई व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज – ८ बस्ने हनुमाननगर कंकालनी – १ का शम्भु राम र बिष्णुपुर –१ बस्ने परमेश्वर यादव रहेको प्रहरी उपरीक्षक मूकेशकुमार सिंहले बताए । अभियुक्त दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । राजविराज – ८ निवासी राजकुमार सेठ गत बैशाख १७ गते आफ्नो स १ प ६७५२ नंको मोटरसाइकल पार्किङ्ग गरी हटियामा तरकारी लिन गएका बेला मोटरसाइकल चोरी भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस