२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुल निर्माण अलपत्र बन्दै

अ+ अ-

इटहरी । पूर्वी नेपालका विभिन्न स्थानका निर्माण गर्दै आएका पक्की पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

सडक विभाग र सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरी अन्तर्गत ठेक्का लगाइएका अधिकांश पक्की पुलमध्ये अधिकांश अधूरो नै छाडिएको जनताको गुनासो छ । पुल निर्माण आयोजनाका अनुसार यी दुई जिल्लामा पर्ने स्थानीय सडकमा सानाठूला गरी दुई करोडदेखि १४ करोड लागतसम्मका ३७ पक्की पुल बोलपत्र आह्वानसँगै स्वीकृत भएर निर्माण कम्पनीमार्फत निर्माण थालिएका हुन् ।

यी पक्की पुल सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने शर्तमा निर्माण ठेक्का लागेका हुन् । ठेकेदार कम्पनीमार्फत निर्माण थालिएका यी अधिकांश पक्की पुल निर्माण गरिसक्नुपर्ने समय गुज्रिए पनिसम्पन्न हुने छेकछन्दसमेत नदेखिने गरेको पुल निर्माण क्षेत्रका स्थानीयवासी सेवग्राहीको भनाइ छ ।

सुनसरी मोरङ पुल निर्माणसम्बन्धी आयोजनाले धेरै पुल पुराना आर्थिक वर्षमा ठेक्का लागेका र केही भने १५ वर्षअघि ठेक्का लागेर निर्माण नभई अधूरो अवस्थामा रहेको पनि स्वीकार गरेको छ ।

आयोजनाले चालु आर्थिक वर्षमा मात्र १५ साना तथा ठूला पुल निर्माणको ठेक्का लागेर निर्माणको काम अघि बढाइएको आयोजनाले जानकारी दिँदै ती पुलमध्ये धेरै तोकिएको समयमा निर्माण पूरा हुन सक्ने सम्भावना कम रहेको बताएको छ ।
आयोजनाका अनुसार चालु आर्थिक वर्षका लागि पुल निर्माण गर्न सडक विभागबाट दुई पटक गरी १५ करोड ६० लाख निकासा भएको छ । अहिले पुल निर्माणको काम गरिरहेका र बिल पेश गरेका ठेकेदारलाई धेरै रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । विभागबाट सानो आकारमा बजेट निकासा भएकाले पुल निर्माणको काम प्रभावित हुने गरेको आयोजनाको भनाइ छ । रासस