अटो ट्याम्पु दुर्घटनामा वृद्धको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अटो ट्याम्पु दुर्घटनामा वृद्धको मृत्यु


८ जेष्ठ २०७५, मंगलबार


बस दुर्घटना

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

तीव्रगतिमा रहेको को १ ह ८६८१ नं.को अटो ट्याम्पु आफैँ अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली गाउँपालिका–६ का ७० वर्षीय वृद्ध हर्कबहादुर बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मृतककी श्रीमती ५८ वर्षीया कमला बोहरा घाइते भएकाले उनको अरनिको हस्पिटलमै उपचार भइरहेको छ । यस्तै घाइते मिक्लाजुुङ–९ की २२ वर्षीया पुर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षीया सुभद्रा कार्कीको साझा हस्पिटल, मधुमल्लामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईले जानकारी दिए । ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस