२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषादी सेवनबाट दुई मितिनीको मृत्यु

अ+ अ-

गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै मितिनीले सोमबार छिमेकीको घरमा भइरहेको पूजा हेरेर प्रसाद लिई घरमा आएपछि आमाले कहाँ गएको भन्दै गाली गरेपछि दुवै मितिनीले बजारमा गएर गहुँ बालीमा छर्किने सेल्फास नामक विषादी किनेर आँपको बगैँचामा गएर सोही विषादी दुवैजनाले खाँदा उनीहरुको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

दुवै मितिनी अबेर साँझ बगैँचामा बेहोस अवस्थामा फेला परेपछि परिवारजन र छिमेकीले उनीहरुलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकोमा उपचारकै क्रममा दुवै मितिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक दुवै मितिनीको शव परीक्षणपश्चात् आज परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ ।

पेस्तोल, गोली र गाँजा बरामद

यसैबीच, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३, अजमरपट्टिमा प्रहरीले छापामारी गर्दा करीब दुई क्विन्टल लागूऔषध गाँजा, पेस्तोल र गोली बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार सोमबार साँझ एकडारा गाउँपालिका–३ बस्ने जीतेन्द्रकुमार मण्डल र चुनचुनदेवी मण्डलको घरमा छापामारी गर्दा क्रमशः ४६ किलोग्राम र एक क्विन्टल ४६ किलोग्राम गरी एक क्विन्टल ८६ किलोग्राम लागूऔषध गाँजा, त्यस्तै, चुनचुन देवीको घरबाट अटोमेटिक पुरानो पेस्तोल थान–१ र सोही पेस्तोलमा लाग्ने गोली तीन राउण्ड बरामद भएको हो ।

दुवैजनाले अवैधरुपमा लागूऔषध गाँजाको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले सोमबार साँझ दुवैजनाको घरमा छापामारी गर्दा गाँजा, पेस्तोल र गोली बरामद भएको प्रहरी उपरीक्षक कडायतले बताए ।

छापामारीको क्रममा दुवैजनाको घरबाट कोही मान्छे पक्राउ नपरेको तर उनीहरुको पनि खोजतलास व्यापकरुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस