इमान्दारीपूर्वक राष्ट्रहितका लागि काम गर्न आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इमान्दारीपूर्वक राष्ट्रहितका लागि काम गर्न आग्रह


७ जेष्ठ २०७५, सोमबार


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सार्वजनिक संस्थानले इमान्दारीपूर्वक राष्ट्रहितका लागि काम गर्नुपर्ने बताएकी छन् ।

सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले सार्वजनिक संस्थानले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै आगामी दिनमा थप जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरिन् ।

सो अवसरमा पेशागत महासंघ नेपालका अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले मुलुकको अर्थतन्त्र समाजवादोन्मुख तरिकाले अघि बढिरहेको हुँदा संस्थानहरुले बलियो र सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा संगठनले तयार पारेको ‘सार्वजनिक संस्था विशेषाङ्क’ सार्वजनिक गरिनाका सााथै स्थापनाका अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस