२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी काठमाडौं उपत्यकाभन्दा बढी प्रदूषित

अ+ अ-

ललितपुर । काठमाडौं उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ ।

वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो ।

उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठ बताउँछन् । काठमाडौं उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा–एउटा स्टेशन छन् ।

गत वर्ष जडान भएको ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो । उनी भन्छन्, “त्यस क्षेत्रमा भएका उद्योग नै प्रदूषण गराउने प्रमुख कारक भएको पाइएको छ ।”

सीमा नजिकका ठाउँमा छिमेकी मुलुकबाट समेत धुलोधुवाँ आउने सम्भावना हुन्छ । तर कति यहाँको धुलो र कति उताबाट आउँछ भन्ने अहिलेसम्म अध्ययन हुन सकेको छैन । उनी भन्छन्, “कुन–कुन उद्योगले कति र कस्ता फोहर निकाल्छन् भन्ने विस्तृत अध्ययन गर्नुपर्छ ।” नेपालभित्रै भएका उद्योगको समेत कहाँ–कहाँ कस्ता उद्योग छन् र तिनले कस्ता प्रदूषण गराएका छन् भन्ने एकीकृत तथ्याङ्क छैन ।

सौराहा, पोखरा र धुलिखेलभन्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढी छ ।

काठमाडौं उपत्यकामा भने गर्मी महिनामा भन्दा जाडो महिनामा वायु बढी प्रदूषित पाइएको छ । विभागले यो आर्थिक वर्षमा थप चार स्थानमा स्टेशन राख्ने योजना गरेको छ । रासस