गैँडाको आक्रमणबाट घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गैँडाको आक्रमणबाट घाइते


७ जेष्ठ २०७५, सोमबार


चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका बेला गैँडाको आक्रमणबाट आज एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

पैदल हिँडिरहेका बेला गैँडाले आक्रमण गर्दा सोही ठाउँका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान करीब १० बजे उक्त घटना भएको थियो ।

खुट्टामा गम्भीर चोट लागेका उनको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितवन निकुञ्ज आसपास क्षेत्रमा वन्यजन्तुले हरेक वर्ष मानिसमाथि आक्रमण गर्ने र खेतीबाली नष्ट गर्ने गर्छ । विद्युतीय तारबार लगाइए पनि प्रभावकारी हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस