राष्ट्रकवि अस्पताल भर्ना « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

राष्ट्रकवि अस्पताल भर्ना


७ जेष्ठ २०७५, सोमबार


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना भएका छन् ।

मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उनलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिए ।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उनको उपचार उपचार हुँदै आएको छ । उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस