२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण कार्य प्रभावित

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको महाकाली नदी कटान नियन्त्रणका लागि  निर्माणाधीन तटबन्ध निर्माणको काम रकम अभावका कारण प्रभावित बनेको छ ।

सिँचाइ मन्त्रालयमार्फत अर्थमन्त्रालयलाई तटबन्ध निर्माणका लागि अपुग ४५ करोड माग गरेको छ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको हो । केही समयअघि दुई करोड निकासा भएको जानकारी दिँदै जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ भीमदत्तनगरका प्रमुख प्रचण्डदेव विष्टले रकम अभावका कारण महाकाली नदीमा तटबन्ध निर्माण कार्य प्रभावित बनेको बताए ।

“साढे तीन किलोमिटर तटबन्धका लागि ६० करोडको ठेक्का सम्झौता भएको थियो ।” तटबन्ध कार्यालयका प्रमुख विष्टले भने–“निर्माण कम्पनीलाई दुई चरणमा १५ करोड दिए पनि बाँकी रकम समयमा नआउँदा कामले गति लिन सकेन ।”

थप बजेटका लागि अर्थमन्त्रालयमा ४५ करोड माग गरेर फायल पठाइएको भए पनि अहिलेसम्म निकासा हुन नसकेको उनले जानकारी दिए ।

“महाकाली नदीको वारी भुजेला, ओदाली, पिपरिया, पारीका पनि विभिन्न स्थान निकै जोखिमयुक्त छन् ।” उनले भने– मन्त्रालय, विभागबाट पनि त्यसको अनुगमन भएर ठेक्का अगाडि बढाइएको भए पनि बजेट आउन सकेको छैन ।

यसअघि पनि वर्षात्का बेला जोखिमयुक्त स्थानमा सेना, प्रहरी र स्थानीयको सहयोगमा अस्थायी तटबन्ध बनाएर क्षति टारिएको थियो ।

कञ्चनपुरका तीन वटा र कैलालीको एउटा गरी चार वटा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्दै आइरहेको जनताको तटबन्ध कार्यालयले हाल कञ्चनपुरको महाकाली नदी, दोदा र मोहना नदीका साथै कैलालीको खुटिया नदीमा तटबन्ध निर्माण कार्य गरिरहेको छ ।

मोहना नदी कटान नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयले चार अर्बको डिपिआर तयार गरेर माथिल्लो निकायमा पेश गरेको छ । चालू आवमा मोहनामा एक किलोमिटर तटबन्ध बन्दैछ । कैलालीको खुटिया नदीमा पनि हालसम्म रु चार करोड खर्चेर एक किलोमिटर लामो तटबन्ध निर्माण गरेर नदी छेउको बस्ती सुरक्षित गरिएको छ । रासस