त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन हुने « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन हुने


७ जेष्ठ २०७५, सोमबार


विमानस्थलको उडान प्रभावित

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल आजबाट २१ घन्टा सञ्चालन हुने भएको छ । उडानको चाप कम गर्न विमानस्थल २१ घन्टा सञ्चालन गर्न लागिएको हो ।
यसको घोषणाका लागि दिउँसो साढे १ बजे विमानस्थलले विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो सय दिने कार्यक्रममा सय दिनभित्र विमानस्थल २१ घन्टा सञ्चालन गर्न निर्देशन दिएका थिए । सोही प्रतिवद्धताअनुसार विमानस्थल दैनिक २१ घन्टा सञ्चालन हुन लागेको हो ।

विमानस्थल हाल १८ घन्टा सञ्चालन छ । अहिले बिहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घन्टा भएपछि बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन हुनेछ ।

यसका लागि आवश्यक प्रवन्ध मिलाइसकिएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस