कर्मचारी व्यवस्थापनमा अझै केही समय लाग्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारी व्यवस्थापनमा अझै केही समय लाग्ने


६ जेष्ठ २०७५, आइतबार


कर्मचारी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी व्यवस्थापनमा अझै केही समय लाग्ने बताएका छन् ।

व्यवस्थापनमा केही अप्ठयारो भएको बताउँदै मन्त्री पण्डितले अझै केही समय लाग्ने बताएका हुन् ।

मन्त्री पण्डितले कर्मचारीको व्यवस्थापनलाई सहज बनाउन आवश्यक हुनेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट आउने बताए । कर्मचारीको सहज व्यवस्थापनका लागि आफु केन्द्रीत रहेको मन्त्री पण्डितले बताए ।

उनले संवैधानिक व्यवस्था अनुसार तीन वटै तहमा कर्मचारीलाई आवश्यक जिम्मेवारी दिने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस