नेपाली सेनाद्वारा सडक हस्तान्तरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाद्वारा सडक हस्तान्तरण


६ जेष्ठ २०७५, आइतबार


काटमाडौं । नेपाली सेनाद्वारा निर्माणाधिन मैलुङ–स्यापु्रबेशी सडकको उद्घाटन गरिएको छ ।

राष्ट्रिय प्राथमिकताप्राप्त उक्त सडकको रक्षामन्त्री श्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

सोही अवसरमा नेपाली सेनाले गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेशी—रसुवागढी सडक योजनाका प्रमुख सुबोध कुमार देवकोटालाई औपचारिक रुपमा उक्त सडक हस्तान्तरण गरेको छ ।

तत्कालिन अर्थमन्त्री श्री रामशरण महतले शिलान्यास गरेको मैलुङ–स्याफ्रुबेशी सडक खण्डमा नेपाली सेनाले मिति २०७२ वैशाख १ गतेबाट निर्माण कार्य शुभारम्भ गरेको थियो । सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएकोमा भूकम्पपछि १० किलोमिटर थप गरी जम्मा १७ कि.मि. को डबल लेन सडक निर्माण गर्ने जिम्मेवारी प्राप्त भएको थियो ।

बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ—स्याफ्रुबेशी सडक खण्डको दुरी करिव २५ कि।मि। कम भएकोले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनुको साथै उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रुपमा समेत रहेको छ ।

यो सडक खण्डमा घुम्तीहरु नहुनुका साथै ग्रेडिएन्ट समेत मिलेको हुँदा तुलानात्मक रुपमा बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा सजिलो र सुरक्षित समेत रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस