लेखा अधिकृतलाई नगर प्रमुखले थमाए हाजिर गराउन नसकिने पत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लेखा अधिकृतलाई नगर प्रमुखले थमाए हाजिर गराउन नसकिने पत्र


प्रशासन विशेष ब्युरो

५ जेष्ठ २०७५, शनिबार


काठमाडौं । स्थानीय तहमा खटाइएका कर्मचारीलाई नगर प्रमुखले हाजिर गराउन नसकिने व्यहोराको पत्र थमाएर फिर्ता पठाएको छ ।

महालेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाडौंबाट नेपालगंज उपमहानगरपालिकाको कार्यालयमा खटाईका लेखा अधिकृत राम बहादुर के.सी.लाई फिर्ता पठाइएको हो ।

उपमहानगरपालिकामा लेखा अधिकृत सहित ५ जना लेखापाल कार्यरत रहेकोले थप अधिकृतहरु र लेखापालहरु आवश्यक नपर्ने हुँदा महालेखा नियन्त्रकको कार्यालयबाट पठाइएका लेखा अधिकृत रामबहादुर के.सी. लाई हाजिर गर्न नसकिने व्यहोरा अनुरोध छ–नगर प्रमुख धवल शमशेर राणाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

साथै नपुग जनशक्ति प्रदेश लोकसेवा आयोगबाट पदपूर्तिको प्रक्रिया अगाडी बढाइने भएकोले कुनै पनि दरवन्दी र कर्मचारी आवश्यक नरहेको समेत जनाएको छ ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस