लोक सेवाद्वारा ६ जना सहसचिव सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवाद्वारा ६ जना सहसचिव सिफारिस


४ जेष्ठ २०७५, शुक्रबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । लोक सेवा आयोगले ६ जना सहसचिवलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

सहसचिव (रा.प. प्रथम श्रेणी) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका १२ जना उम्मेदवारहरुको अन्तर्वाता, प्रस्तुतीकरण, मामिला विश्लेषण र लिखित परीक्षा समेतको प्राप्तांकको आधारमा ६ जनालाई योग्यताक्रम अनुशार स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिश गरेको हो ।

आयोगको विज्ञापन नम्बर १६५०४/०७५–७५ (खुला), १६५०५/०७४–०७५ (महिला), १६५०६/०७४–०७५ (आ.ज.) र १६५०७/०७४–७५ (दलित) नेपाल प्रशासन सेवा, रा.प्र. प्रथम श्रेणी (अप्रा), सहसचिव वा सो सरह पदको लागि ६ जना मागिएको थियो । सरकारको नीति निर्माण तहमा सहसचिवको महत्वपूर्ण भूमिका रहन्छ ।

सहसचिवका लागि सिफारिश गरिएकाहरुमा गोगनबहादुर हमाल, मुक्तिप्रसाद पाण्डे, टोकराज पाण्डे, आनन्द सारु, रुद्रादेवी शर्मा र सन्तबहादुर सुनार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस