गणतन्त्र दिवशलाई जनस्तरसम्म पु-याउनु पर्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गणतन्त्र दिवशलाई जनस्तरसम्म पु-याउनु पर्छ : प्रधानमन्त्री ओली


४ जेष्ठ २०७५, शुक्रबार


काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु-याउनु पर्ने बताएका छन् ।

गणतन्त्र दिवश मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन् । गणतन्त्रलाई सरकारी दिवश जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘गणतन्त्र सरकारी दिवश होइन जन दिवश हो’, प्रधानमन्त्री ओलीले भने, ‘यो दिवश गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो बर्ष गणतन्त्र दिवशको सार्वजनिक विदा कटौती गरिएको बताए । ‘विदा बसेर मात्र गणतन्त्र मनाइने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यलय बाहेकको समयमा दिवश मनाऊँ । कार्यलय समयमा काम गरौं ।’

गणतन्त्र दिवशका दिन ब्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देश्न दिएका छन् ।

प्रतिक्रिया दिनुहोस