२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डाँडागाउँका घरघरमै धारा

अ+ अ-

पाँचथर । केही समयअघिसम्म फिदिम नगरपालिका–११, डाँडागाउँका वासिन्दाले खानेपानीको जोहो गर्न निकै सकस खेप्नुपथ्र्याे । खानेपानी धारा नहुँदा त्यहाँका वासिन्दा कुवाको दूषित पानी पिउन बाध्य थिए । अहिले भने यहाँका स्थानीयलाई यो समस्या छैन ।

जल वर्ने खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै गाउँमा खानेपानी समस्या हटेको हो । सो आयोजनाअन्तर्गत वडामा रहेका ६९ घरधुरीलाई छुट्टाछुट्टै धारा निर्माण गरिएको छ । खानेपानी वितरणका लागि चार वटा ट्यांकी निर्माण गरिएको छ ।

आयोजनाको निर्माणको समन्वय नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखाले गरेको हो । रेडक्रस जिल्ला शाखाका कार्यकारी अधिकृत तथा आयोजनाका टिम लिडर गुरुराज तिम्सिनाले ६१ लाख रूपैयाँमा आयोजनाको निर्माण सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार आयोजना निर्माण गर्न ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन बोर्ड) तथा हुसाडेक नेपालको ३६ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको थियो । यस्तै, स्थानीयले २३ लाख रूपैयाँको जनश्रमदान गरेका थिए ।

जल वर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष यज्ञविक्रम न्यौपानले अघिल्लो चैतमा आयोजना निर्माण सकिएको जानकारी दिए । उनका अनुसार अघिल्लो असारमा आयोजनाको निर्माण शुरु भएको थियो । घरघरमै धाराको शुद्ध पानी पाएपछि स्थानीय खुसी भएको उनले बताए । ‘यसअघि कुवाको पानी पिउनुपर्ने बाध्यता थियो, अहिले घरघरमै धारा जडान गरिएको छ,’ उनले भने ।