२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक समृद्ध बनाउन युवाशक्ति संगठित हुनुपर्छ : अध्यक्ष थापा

अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताए ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ, पार्टीको अवस्था र युवाहरुको भूमिका’ विषयक विचारगोष्ठीमा मुलुकलाई समृद्ध बनाउनका लागि युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै राष्ट्रिय चरित्र भएको परम्परागत मूल्य र मान्यतालाई आत्मसात गरी देश विकास र समृद्धि कायम गर्न सकिने बताए।

विगतमा देशमा स्थापना भएका उद्योग धन्दाहरु कहिले निजीकरण, कहिले जनयुद्धका नाममा ध्वस्त बनाइएकाले वार्षिक पाँचलाख ४७ हजार युवा रोजगारका लागि खाडी मुलुकतर्फ जान बाध्य भएकोमा चिन्ता व्यक्त गरे ।

पार्टीले अवलम्वन गरेको संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डालाई स्थापित गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहेकाले संगठन विस्तारमा जुट्न युवाहरुलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको निकासको अन्तिम विकल्प हिन्दुराष्ट्र र राजसंस्था मात्र भएको विचार व्यक्त गरे ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक, राप्रयुसंका उपाध्यक्ष ऋषिराज देवकोटा, प्रवक्ता सुजित के.सी., युवा नेता डम्बर तामाङ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह लगायतले मुलुकको राजनीतिमा युवाहरुको भूमिकाबारे मन्तव्य राखे ।

राप्रयुसंका अध्यक्ष प्रकाश रिमालले युवालाई व्यवसायिक सिप, तालीमका माध्यमबाट रोजगार सिर्जना गर्न सकिने बताउँदै सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।