केरा खेतीमा दश लाखको क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

केरा खेतीमा दश लाखको क्षति


४ जेष्ठ २०७५, शुक्रबार


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ ।

नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो ।

हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । हावाहुरीले केरा खेतीमा निकै नोक्सानी पु¥याएपछि किसानले क्षतिपूर्तिका लागि नगरपालिकासम्म पुगेका छन् ।

१३ हजार ५४५ वर्गमिटर क्षेत्रफलमा केराखेती गरेका मोहन रानाले केराका सबै पसाएका बोट ढलेपछि ठूलो क्षति ब्यहोर्नु परेको बताउनुभयो । ऋण निकालेर केरा खेती गरेको थिएँ, उनले भने, “सबै हुरीबतासले उडाएर लगेपछि ऋण कसरी तिर्ने भन्ने पिरलो भएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस