पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेविसंघद्वारा प्रदर्शन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेविसंघद्वारा प्रदर्शन


३ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघले बिहीबार दिउँसो काठमाडौंको आरआर कलेजअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर विद्यार्थी र जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाए । जनताको ढाड सेकिने गरी पटक पटक भइरहेको मूल्यवृद्धि फिर्ता नलिए देशैभरी आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

नेपाल आयल निगमले बुधबार खाना पकाउने एलपी ग्यास र हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तीन महिनाको अवधिमा चार पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस