काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक/ एक वटा जीन्को वाइलोवा नामको विरुवा रोपेका हुन् । पार्टी एकता संयोजन समितिका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका थिए ।जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ ।







