पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध नेविसंघको प्रदर्शन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध नेविसंघको प्रदर्शन


३ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । नेपाल विद्यार्थी संघले वर्तमान सरकारले तीन महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै बिरोध जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको ढाडै सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेकाले त्यसको विरुद्धमा आज नेविसंघले दिउसो २ बजे आरआर क्याम्पस अगाडि प्रदर्शनी मार्गमा पदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

उनले जनताको ढाडै सेक्ने गरी लगातार चार पटक बढाइएको मूल्य सुइकार्य नहुने बताए । महरले विज्ञप्ति जारी गर्दै तत्काल मूल्य फिर्ता लिई जनतालाई राहत दिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस