कांग्रेस अब प्रतिस्पर्धी पार्टी होइन, सहयोगी मात्रै हो : ओली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कांग्रेस अब प्रतिस्पर्धी पार्टी होइन, सहयोगी मात्रै हो : ओली


३ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब आफूहरूको प्रतिस्पर्धी पार्टी नभएर सहयोगी मात्रै भएको बताएका छन् ।

मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो । कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं । कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ ।’

केहीलाई अधिनायकवाद ल्याउँछन् कि भन्ने भ्रम रहेको भन्दै उनले दुई पार्टीको एकता दमनकारी नभएको बताए । उनले भने, ‘शासन गर्न होइन, जनताको सेवा गर्न हो । दमनकारी हुन होइन, विकासकारी हुन हो ।’

एमाले र माओवादीको एकता घोषणाले नेपालको राजनीति, वर्तमान र भविश्यलाई दूरगामी प्रभाव पार्ने उनको दाबी छ ।

विगतमा कम्युनिस्टहरू फुट्न मात्र जान्छन, मिल्न जान्दैनन् भन्ने गरिएको भन्दै उनले अब कम्युनिस्टहरूले फुट्न बिर्सिएको र मिल्न मात्र जान्ने बताए ।

प्रतिक्रिया दिनुहोस