भीरबाट लडेर शिक्षकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भीरबाट लडेर शिक्षकको मृत्यु


२ जेष्ठ २०७५, बुधबार


बैतडी । भीरबाट लडेर बैतडीमा आज एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–२ सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।

आज बिहान विद्यालय जाने क्रममा स्थानीय सुक्र्यौडा भीरबाट लडेर उनको मृत्यु भएको सुदर्शन माविका शिक्षक दीपकराज भट्टले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस