एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा


२ जेष्ठ २०७५, बुधबार


सोलुखुम्बु । सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् ।

विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन आज मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ ।

गएको वैशाख ३० गतेदेखि आरोहण शुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका आठजना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए ।” सम्पर्क अधिकृत श्रेष्ठले भने, “तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन तर, चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।”

कामिरीता को नयाँ विश्व कीर्तिमान
आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोडेका हुन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा जन्मेका ४८ वर्षीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस