२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तस्करको निशानामा रेडपाण्डा

अ+ अ-

काठमाडौं । पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ ।

वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौंको विसं ०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् ।

वन कार्यालयका अनुसार यस वर्ष काठमाडौंमा मात्रै १५ थान रेडपाण्डाको छाला ओसारपसारका घटनामा ३५ जनालाई कारबाही गरिएको छ ।

यसबाहेक नौ थान चितुवाको छाला ओसारपसारमा २४ जनालाई कारबाही गरिएको जिल्ला वन अधिकृत रामबाबु पौड्यालले जानकारी दिए ।

सालक वन्यजन्तु तस्करको तेस्रो रोजाइमा परेको छ । उक्त विवरणअनुसार यस वर्ष १७७ किलोग्राम सालकको खपटा ओसारपसारमा संलग्न नौ जनालाई कारबाही गरिएको उनले बताए ।

जिल्लामा रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अंगको तस्करीको घटनाका ३३ मुद्दा दायर भएका छन् ।

संरक्षित वन्यजन्तुसम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर हुन्छन् भने संरक्षित सूचीमा नभएका वन्यजन्तुको मुद्दाको कारबाही जिल्ला वन कार्यालयले नै गर्ने गर्दछ । कतिपय अवस्थामा केही लोभ र अज्ञानताका कारण पनि सामान्य मानिस पक्राउ पर्ने गरेका छन् ।

त्यसैले वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी कानूनका बारेमा ग्रामीणस्तरसम्म सचेतना जगाउनुपर्ने आवश्यकता छ । नेपालबाट अधिकांश वन्यजन्तुका अंगको तस्करी काठमाडौँ हुँदै चीन, मलेशिया, जापान, युरोप तथा संयुक्त राज्य अमेरिकासम्म हुने गरेको छ ।

काठमाडौंबाट वन्यजन्तुका हाडछाला तथा अन्य सामग्रीको ओसारपसार बढी मात्रामा चीनतर्फ हुने गरेको छ । चिनियाँ परम्परा, सहज ओसारपसार, सौखिन जीवनशैलीलगायत कारण चीनमा वन्यजन्तुको बढी माग हुने गरेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले बताए ।

केन्द्रीय राजधानीमा दुर्लभ वन्यजन्तुको ओसारपसारका घटनामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरी सम्बन्धित वन कार्यालयमा बुझाउने गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अनुपमशम्शेर राणाका अनुसार अधिकांश पैसाको लोभमा वन्यजन्तुका अंग ओसारपसार गर्दा निम्नवर्गका व्यक्ति पक्राउ पर्ने गरेका छन् ।

त्यस्ता व्यक्ति वन्यजन्तुका अंग बेच्न व्यापारी खोज्दै जाँदा हल्ला हुने र प्रहरी कहाँ सूचना पुग्ने गरेको छ । यसबाहेक नेपाललाई पारवहन मार्ग बनाई अन्तर्राष्ट्रिय व्यापार गर्ने ठूला तस्कर थोरै मात्रामा पक्राउ पर्ने गरेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिए । रासस