रेडियोमा अन्तरवार्ता दिँदै गर्दा नेकपाका नेता पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रेडियोमा अन्तरवार्ता दिँदै गर्दा नेकपाका नेता पक्राउ


३० बैशाख २०७५, आइतबार


कैलाली । कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिई रहेका नेपकपा कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् ।

अन्तरवार्ता दिइरहेको अवस्थामा नेकपाका कार्यकर्ता दिलबहादुर साउँदलाई प्रहरीले रेडियो स्टेशनबाटै पक्राउ गरेको हो । निरङकुश शैलीमा रेडियो भित्रै प्रवेश गरेर प्रहरीले पक्राउ गरेकोमा सर्वत्र आलोचना भएको छ ।

आइतबार नेकपाले गरेको बन्दको विषयमा उनीसँग रेडियोका प्रबन्धक युवराज न्यौपाने छलफल गरिरहेका थिए ।

रेडियो भित्र नै प्रवेश गरेर पक्राउ गरेकोमा पत्रकार महासङ्घ कैलाली, आदिवासी जनजाति महासङ्घ फोनिज लगायत विभिन्न सञ्चार माध्यमले प्रहरीको कार्यशैलीको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस