चर्चमा बम विस्फोटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चर्चमा बम विस्फोटन


३० बैशाख २०७५, आइतबार


धनगढी । धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा क्षति पुगेको जानकारी दिए । आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ । रासस

प्रतिक्रिया दिनुहोस