२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल

अ+ अ-

काठमाडौं । नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ ।

सबैभन्दा थोरै प्रदेश नं २ मा नौ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६३ हजार ६३० हेक्टर (२७.४९ प्रतिशत) जंगल छ ।

यसैगरी प्रदेश नं १ मा २३ लाख १० हजार ९७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ३४ हजार २५० हेक्टर (४३ं४४ प्रतिशत), प्रदेश नं ३ मा २० लाख ३० हजार ३०० हेक्टर क्षेत्रफलमध्ये १० लाख ९० हजार ८८० हेक्टर (५ं३.७३ प्रतिशत), प्रदेश नं ४ मा २१ लाख ९५ हजार ८८० हेक्टर क्षेत्रफलमध्ये आठ लाख १७ हजार २९० हेक्टर (३७.२२ प्रतिशत) जंगल छ ।

प्रदेश नं ५ मा १९ लाख ३२ हजार ६० हेक्टर क्षेत्रफलमध्ये नौ लाख ७४ हजार ३८० (५०.४३ प्रतिशत) र प्रदेश नं ६ मा ३० लाख ६७ हजार ८१० क्षेत्रफलमध्ये ११ लाख ८३ हजार ४०० (३८.५७ प्रतिशत) जंगल छ ।

विभागका सूचना अधिकारी किरण पोखरेलले सन् २०१० देखि २०१४ मा देशभर विभागले गरेको अध्ययनलाई आधार मानेर प्रदेशअनुसार वनको क्षेत्रफल निकालिएको बताए । ‘देशभरका हरेक स्थानीय तहमा कति वन छ भन्नेबारे पनि विभागले अध्ययन गरिरहेको छ’, उनले भने ।

स्थानीय तहअनुसार वनलाई छुट्याएपछि ती तहलाई वनसम्बन्धी योजना बनाउन सहज हुने उनको भनाइ थियो । रासस