प्रतिनिधिसभा बैठक बस्दै, ‘प्रि–बजेट’ छलफल जारी रहने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रतिनिधिसभा बैठक बस्दै, ‘प्रि–बजेट’ छलफल जारी रहने


३० बैशाख २०७५, आइतबार


काठमाडौं । संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक केही बेरमै बस्दै छ । बैठकमा आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)माथि छलफल हुनेछ ।
यसबारे बिहीबारदेखि छलफल सुरु भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि दुई दिन बैठक स्थगित भएको थियो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबारसम्म छलफल सक्ने लक्ष्य लिइएको थियो । मोदी भ्रमणले छलफल प्रभावित भएपछि सोमबारसम्म सक्ने लक्ष्य राखिएको संसद सचिवालयले जनाएको छ ।

बजेटका प्राथमिकता र सिद्धान्त पारित भएपछि सरकारका तर्फबाट संसद्मा नीति तथा कार्यक्रम पेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस