दुईवटा भारतीय ट्रकमा आगजनी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दुईवटा भारतीय ट्रकमा आगजनी


३० बैशाख २०७५, आइतबार


धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ ।

सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१ /आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौं महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । आगो नेकपा बिप्लव नेतृत्वले आगो लगाएको आशंका गरिएको छ । घटनापछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस