द्विपक्षीय सहयोगलाई व्यापक बनाउने विषयमा ओलीसँग छलफल गर्छु – मोदी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

द्विपक्षीय सहयोगलाई व्यापक बनाउने विषयमा ओलीसँग छलफल गर्छु – मोदी


२७ बैशाख २०७५, बिहिबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपाल भ्रमणमा आउँदैछन् ।

नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले नेपाल भ्रमणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

मोदीले गरेको ट्वीटमा आफु मे ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल भ्रमणमा गइरहेको र यो यात्राले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको दर्शाउने उल्लेख छ । द्विपक्षीय सहयोगलाई अझ व्यापक बनाउने विषयमा प्रधानमन्त्री ओलीसँग विस्तृत रुपमा छलफल गर्ने ट्वीटमा उनको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस