प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा


२७ बैशाख २०७५, बिहिबार


बझाङ । भेटघाटका लागि गृहजिल्ला बझाङ पुगुका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताए ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताए ।

बझाङको विकासका लागि ग्रामीण भेगमा बनेका सडकको स्तरोन्नति, केन्द्रीय प्रसारणलाइन जोड्ने चैनपुर ताक्लोकोट सडकखण्डको सुरुङमार्ग हिउँ जम्ने ठाउँमा निर्माण गर्ने र सदरमुकाम चैनपुरलाई नमूना सदरमुकाम बनाउन बजेट विनियोजन गर्ने उनको भनाइ छ ।

साइपाल गाउँपालिकाबाट हुने जडीबुटीको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताए । विकासका लागि तेरो मेरो हैन हामी सबैको हो भन्ने भावना सबैमा जाग्नु आवश्यक रहेको उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस