मोदीसँग सीमा विवाद र डुवानको कुरा उठाउन सांसदहरूको सुझाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोदीसँग सीमा विवाद र डुवानको कुरा उठाउन सांसदहरूको सुझाव


२७ बैशाख २०७५, बिहिबार


काठमाडौं । सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सीमा विवाद तथा सुरक्षा र तराई–मधेसको डुबान समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले दुईपक्षीय हितका सवालमा भारतीय पक्षसँग आफ्ना कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

वर्षात्मा तराई–मधेसमा वर्षात्मा ठूलो क्षति पुर्याउने गरेको भन्दै सांसद लिलानाथ श्रेष्ठले नदी नियन्त्रणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए । उनले सुनकोशी कमला डाइभर्सनका लागि बजेट छुट्याउन पनि माग गरे ।

सांसद महेश्वर गहतराजले तराईको डुबान समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्नुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय मापदण्ड विपरित भारतले नेपालको भू–भागमा निर्माण गरेका लक्ष्मणपुर बाँध र पूर्वपश्चिम सडक लगायत संरचनाले त्यहाँका बासिन्दा हरेक वर्ष डुबानको समस्या भोग्न बाध्य भएको भन्दै उनले सोबारे भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद सञ्जयकुमार गौतमले मधेसको डुबान समस्या द्धिपक्षीय भएकाले ती विषयमा पनि कुरा उठाउन माग गरे ।

सांसद अमरेशकुमार सिंहले बागमतीमा आउने बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस