२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभामा विधेयकबारे छलफल सुरु

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल सुरु भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी बुधबारको बैठकमा प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रूपमा बलरामप्रसाद बास्कोटाले अर्थमन्त्रीले प्रस्तुत गरेको प्रस्तावमा समृद्ध नेपाल र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्गचित्र सकारात्मक रहेको बताए ।

सांसद राधेश्याम अघिकारीले अर्थमन्त्रीले प्रस्तुत गरेको स्वेतपत्रले आँकलन गरेजस्तो मुलुकको आर्थिक अवस्था नरहेको टिप्पणी गरे ।

उनले भने, ‘शिक्षामा बजेट घटेको छ, उच्च शिक्षा र अनुसन्धानको विषयमा विनियोजन विधेयकले छोएको छैन, सामुदायिक विद्यालयको गुणस्तर कायम गर्ने विषय छोइएको छैन, सुनकोशी कमला डाइभर्सनका लागि बजेट ल्याइनुप-यो, मानव संसाधनबारे अर्थमन्त्रीको स्पष्ट धारणा आउन आवश्यक छ ।’

सांसद जीवन बुढाले आर्थिक र समृद्धिका आधारले मूलभुत रूपमा बजेटका प्राथमिकताप्रति सहमत भए पनि दुर्गम र सुगमका लागि एउटै बास्केटमा हाल्ने प्रवृत्ति गलत रहेको बताए । उनले भने, ‘पहाड र दुर्गम क्षेत्रका नागरिकले बजेट र प्राथमिकता हेर्न तराई र सहरमा आउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ, दुर्गम क्षेत्रका लागि आँकलन गरेको बजेट निकै थोरै भएकाले वृद्धि गर्न आवश्यक छ ।’

सांसद रामप्रित पासवानले समाजवादी अर्थतन्त्रको खोलभित्र पूँजीवादी अर्थतन्त्रको परिकल्पना गर्नु नै त्रुटि रहेको बताउँदै वर्गीय र जातीय विभेदको समस्या समाधान नगरिकन विकास सम्भव नभएकाले विभेद र कुरीति निरुत्साहित गर्ने बजेट ल्याउन सुझाव दिए ।

उनले बाढीपीडितको समस्या सम्बोधन गर्ने विषय बजेटमा समेटिन आवश्यक रहेको बताउँदै प्राविधिक तथा स्वरोजगार शिक्षाका लागि पर्याप्त बजेट विनियोजन गर्न सुझाव दिए ।