सेवाग्राहीसँग घुस लिइरहेका तीन कर्मचारी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेवाग्राहीसँग घुस लिइरहेका तीन कर्मचारी पक्राउ


२६ बैशाख २०७५, बुधबार


pakrau

नेपालगञ्ज । सेवाग्राहीसँग घुस लिइरहेका तीन जना कर्मचारीलाई पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबी रहेका छन् ।

उनीहरुलाई सेवाग्राहीबाट रु १५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको अधिकारीले बताएका छन् ।

पक्राउ परेका तीनैजनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने र नामसारी गरिदिने भनेर घुस माग गरेको कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस