क्रिकेट प्रतियोगिता वैशाख ३० देखि « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

क्रिकेट प्रतियोगिता वैशाख ३० देखि


२६ बैशाख २०७५, बुधबार


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ ।

उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगिताको विजेता टोलीले ५० हजार तथा उपविजेताले २५ हजार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् भने प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडी पाँच हजार पाउनेछन् । प्रतियोगिता जेठ ८ गतेसम्म चल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस