कर्णालीको विकासका लागि गम्भिर छु : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णालीको विकासका लागि गम्भिर छु : प्रधानमन्त्री ओली


२६ बैशाख २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासका लागि गम्भिर रहेको बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत सर्वदलीय जनप्रतिनिधीहरुको तर्फबाट आज बालुवटारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुने बताएका छन् । मुख्य मन्त्री महेन्द्र बहादुर शाही संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वाला लगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भौतिक पूर्वाधार, हवाइ यातायात, सिंचाइ, उर्जा तथा विद्युतिकरण, संचार, बस्ती विकास तथा पर्यटन, खोनपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका बिषयमा बजेट बिनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथासक्य बजेट बिनियोजन गर्ने आस्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस