दुई स्टेज बन्दा नेपाल विद्यार्थी संघको प्रशिक्षण स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई स्टेज बन्दा नेपाल विद्यार्थी संघको प्रशिक्षण स्थगित


२६ बैशाख २०७५, बुधबार


काठमाडौं । देश भरीका नेपाल विद्यार्थी संघबाट विजयी स्ववियु सभापति र पदाधिकारीलाई नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले आजबाट दिने भनिएको प्रशिक्षण स्थगित भएको छ ।

संस्थापन पक्षका विद्यार्थी र पौडेल पक्षका विद्यार्थीले छुट्टा छुट्टै स्टेज बनायर कार्यक्रम आयोजना गरेपछि प्रशिक्षण अनिश्चित कालका लागि स्थगित भएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प कुमार शाहीले बताए । ‘नेविसंघले आयोजना गरेको परिक्षण कार्यक्रमलाई भाड्न केही साथीहरुले गरेको कार्य निन्दनिय छ’, शाहीले भने, ‘देश भरका साथीहरुलाई भेला परिसकेको अवस्थामा प्रशिक्षण विथोलिएको प्रति नेविसंघको गम्भिर ध्याकर्षण भएको छ ।’

उनले केही साथीहरुको यस्तो क्रियाकलापले जिल्लाबाट आएका पदाधिकारीहरुमा नैरास्याता छाएको बताए । उनले पार्टी सभापति शेर बहादुर देउवासँग पनि यो विषयमा छलफल गरिएको र सबैलाई मिलेर जान सभापतिले आग्रह गरेको बताए ।

भोली (बिहीबार) संघको केन्द्रीय कार्यसमितिको बैठक बसेर यस विषयमा गम्भिर छलफल हुने शाहीले बताए । प्रशिक्षणमा सहभागि हुन विभिन्न जिल्लाबाट आएका पदाधिकारीहरुमा भने यो विवादले निरासा छाएको छ ।

प्रतिक्रिया दिनुहोस